दफा ११४
घर ठेगाना पत्ता नलागेका व्यक्तिको नामको म्यादको तामेली

(१) दफा १०५ मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले घर ठेगाना पत्ता नभएको व्यक्तिको नामको म्याद सूचना तामेलगर्नु पर्दा त्यस्तो व्यक्तिको गाउँ, शहर र टोल लेखिएको भए सोही ठेगानामा र गाउँ, शहर र टोल पनि पत्तानलागेकोभए सोही व्यहोरा जनाई अदालतको सूचना पाटीमा टाँस गरी राष्ट्रियस्तरका दैनिक पत्रिकामा सूचना प्रकाशन गरीम्यादतामेल गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पत्रिका मार्फत म्याद तामेल भएकोमा रीतपूर्वक म्याद तामेली भएको मानिनेछ ।